सवारी दुर्घटनामा क्रिकेटर भण्डारी गम्भीर घाइते, नेपालगन्ज रिफर

सवारी दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी घाइते भएका छन् ।

कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा उनीसहित दुई जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा भण्डारीसहित २४ वर्षीय करन ठगुन्ना सख्त घाइते भएका हुन् ।

घाइतेको झलारी स्थित शुक्लाफाटा किल्नीकमा सामान्य उपचारपछि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएपनि सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको छ ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 


२८ भदौ २०७७, आइतवार २३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु