हाँस्य कलाकार ‘भोकलाग्यो’लाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?
हाँस्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ’ उनले फेसबुकमा लेखेका छन् ।
उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् ।
हाँस्य टेलिश्रृखलाका चर्चित पात्र पराजुलीले थुप्रै टेलिसिरियल तथा फिल्ममा अभिनय गरेका छन् ।
२७ भदौ २०७७, शनिवार १८:२५ बजे प्रकाशित































