दिनेश सन्चार गृहमा प्रवेश गरि पत्रकारमाथि आक्रमण
धनगढीको दिनेशका पत्रकारमाथि कार्यालयमै प्रवेश गरि आक्रमण भएको छ ।
धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाको समूहले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गरेका हुन्।
सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टलाई उधृत गर्दै दिनेश सन्चर गृह अन्तर्गतको दिनेश खबरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो।
प्रहरी नायव उपरीक्षक विष्ट अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।
दिनेश एफएममै प्रवेश गरि पत्रकारमाथि आक्रमण भएपछि नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशी नेतृत्वको टोली सन्चार गृहमा पुगेको छ ।
२६ भदौ २०७७, शुक्रवार १३:२८ बजे प्रकाशित













