२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (जिल्लागत तथ्याङ्क)
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार इलाममा १, उदयपुर ३, ओखलढुङ्गामा २ झापामा ७, मोरङमा ३५, सुनसरीमा २०, धनुषामा ७, पर्सामा १०, बारामा १३, महोत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काठमाडौँमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, र सिन्धुलीमा २ जना संक्रमित थपिएका हुन् ।
यसैगरी कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, पर्वतमा १, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १, जाजरकोटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।
२० भदौ २०७७, शनिवार १८:५३ बजे प्रकाशित































