punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार वर्षीया बालिकासहित कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट आज देशभर थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको छ ।

महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ ।


१६ भदौ २०७७, मंगलवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु