punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

Chaupati
safha napa

कोरोना भाइरसको संक्रमणबाट विश्वमै पहिलो पटक उच्चपदस्थ व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको हो ।

उनको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो ।

सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार राती उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए

 


१५ भदौ २०७७, सोमवार १९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु