नेपाली युवकको भारतमा गोली हानी हत्या
नेपाली युवकको भारतमा गोली हानी हत्या
भारतको बिहार राज्यमा एक नेपाली युवाको गोली हानी हत्या गरिएको छ ।
रौतहट स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउराका ३५ वर्षीय दिनदयाल साहको बिहार स्थित घोडासहनमा गोली हानी हत्या भएको हो।
शव गोली प्रहार गरी हत्याको अवस्थामा सोमबार पोखरी नजिकै भेटिएको छ ।
साहलाई छिमेकी भारतीय अपराधिक समुहले गोली हानेर हत्या गरेको हुनसक्ने समाजबादी पार्टीका नेता किरण साहले बताए ।
उनले घटनाको घोर भर्तसना गर्दै हत्यामा संलग्न अपराधिलाई पत्ता लगाई कारबाहिको माग माग पानी गरे ।
१६ भदौ २०७७, मंगलवार ०७:४३ बजे प्रकाशित































