पहिरोले घर पुरिँदा एकैका घरका ४ सहित ६ जनाको मृत्यु
कालिकोट, साउन ३० । कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा रजबहादुर विष्टको घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
गए राति आएको पहिरोले विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । पहिरोमा विष्टका छिमेकी दुईजनाको पनि घटनास्थलमै मृत्यु भएको छ । छिमेकीका दुई छोरी पनि विष्टकै घरमा सुतेका थिए ।
बिकट ठाउँ भएकाले पहिरोबाट के कति क्षति भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।
३० साउन २०७७, शुक्रवार ०५:०३ बजे प्रकाशित






























