‘विद्यालयका क्वारेन्टाइन र आइसोलेशन हटाउनु’

काठमाडौं, साउन १५ । सरकारले विद्यालयमा बनाइएका क्वारेन्टाइन र आइसोलेशन हटाउन निर्देशन दिएको छ । कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेसंगै विद्यालयका क्वारेन्टाइन र आइसोलेशन हटाउन निर्देशन गरेको हो ।

‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन । साथै क्वारेन्टाइन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ’, सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने ।

त्यस्तै सरकारले विद्यालयले २०७६÷७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ । त्यस्तै सरकारले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ । त्यस्तै सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ ।


१५ साउन २०७७, बिहीवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु