punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिमेली नेपाली समाजद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध बिमा गर्न आर्थिक सहयोग

Chaupati
safha napa

धनगढी, ५ साउन । सुदुरपश्चिमेली नेपाली समाजले सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमाको लागि आर्थिक सहयोग गरेको छ ।

समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक बर्षे बिमाको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धनगढी-कैलालीलाई समाजले नेपाल संयोजक चेत बहादुर थापा मार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा हुने प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्रमा,स्वास्थ्य खेलकुद तथा शिक्षा लगायत परोपकारी कार्यका लागी स्थापनार्थ समाजको परोपकारी अभियान अन्तर्गत सुदुरपश्चिमका खेलकुद क्षेत्रमा आबद्ध रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड -१९ बिरुद्ध एक बर्षे बिमा गराउनको लागि नेपाली ५१ हजारको चेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दलाई हस्तान्तरण गरेको छ ।

सुदुरपश्चिम प्रदेशका खेलकुद अन्तर्गत विभिन्न विधाका करिब ३४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरेको नेपाल संयोजक थापाले बताए ।

अभियानलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सुदुरपश्चिमेली नेपाली समाजहरु मलेसिया, अमेरिका, क्यानडा, डेनमार्क, युरोप, पोर्चुगल, ईजरायल, कतार, बहराइन, साउदी अरबिया, युएई, कुवेत, कोरिया, जापान, अस्ट्रेलिया, भारत, मकाउ, लगायत सम्पूर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडीले जानकारी दिनुभएको छ।

सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त अभियानले लगत्तै सुदूरपश्चिम को नौ वटै जिल्लामा सम्भावित वास्तविक र आवश्यक पिडित हरुलाई एक महिनाका लागि अति आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम रहेको सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले बताए ।

कार्यक्रममा सुदुरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अर्थात सुदुरपश्चिमेली आपतकालीन राहत कोष मार्फत केहि महिना अघि भारत सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका आह्वान गरेको लडाउनले गर्दा खानाको लागि समस्यामा परेका नेपालीहरुलाई आवश्यक खाद्यान्न वितरणको लागि सुदुरपश्चिमेली नेपाली समाज भारतलाई आर्थिक सहयोग हस्तान्तरण गरेको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

यस्तै बझाङको केदार स्युँ गाउँपालिका वडा नं ८ मा आएको पहिरो कारण विस्थापित २० घरपरिवारलाई लुगा खाद्यान्न तथा खाना पकाउने सामाग्रीहरु हस्तान्तरण गरेको महासचिव जोशीले बताए ।

सुदुरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गतमा विभिन्न परोपकारी कार्यमा आर्थिक सहयोग तथा खाद्यान्न लगायत सामाग्रीहरु हस्तान्तरण गरेको यो तेस्रो कार्यक्रम भएको प्रचार-प्रसार प्रमुख खप्तडिले बताए


५ साउन २०७७, सोमवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु