punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोना संक्रमित

Chaupati
safha napa
काठमाडौंअसार २४।अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएकोमध्ये अहिलेसम्मकै धेरै हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए ।

तर अमेरिकाका महामारी रोग विशेषज्ञ र कोरोना मामिलाका सल्लाहकार डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुने बताएका थिए ।

कोरोना भाइरसबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।हालसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।


२४ असार २०७७, बुधवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु