punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अरहर बारीमा लिएर आफ्नै हजुर आमाको हत्या, हतियारसहित युवक पक्राउ

Chaupati
safha napa

धनगढी, असार २४ । कैलालीको चुरे गाउँपालिकामा आफ्नै हजुर आमाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरलाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

मंगलबार हजुर आमाको हत्या गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार उनले दिउँसो घरमा कोही नभएको मौका छोपी हजुर आमालाई फलामको रडले प्रहार गरी घाइते बनाई घरको पश्चिम पट्टी रहेको अरहरको बारीमा लिएर धारिलो हतियारले घाटी रेटेर हत्या गरेका हुन् ।

हत्या गरी सोही बारीमा अरहरको झारले छोपी राखेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले घरबाट पक्राउ गरी घटनामा प्रयोग गरेको फलामको रड र धारिलो हतियार(दाउ)सहित युवकलाई घरबाटै पक्राउ गरेको हो ।


२४ असार २०७७, बुधवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु