अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३० हजार माथि

२३ असार, एजेन्सी । अमेरिकामा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको कारणबाट १ लाख ३० हजार ३०६ जनाको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले बताउछ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा ३२५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हाल सम्म २९ लाख ३८ हजार ६२४ संक्रमित फेला परिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ४४ हजार ९५३ जना नयाँ संक्रमित थपिएका छन्।कोरोना भाइरसको कारण विश्वको सबैभन्दा प्रभावित मुलुक बनेको अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित राज्य बनेको छ भने दोस्रो स्थानमा क्यालिफोर्निया र तेस्रो स्थानमा टेक्सास रहेकोछ ।


२३ असार २०७७, मंगलवार ०९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु