punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

(कविता ) आत्मा अशान्तै

Chaupati
safha napa

✍️ गणेश नेपाली

आत्मा त्यो नबराजको अनि ति साथीहरूको पनि ।
हत्यारा जसरी भए नि बलिया आत्मा अशान्तै छ नि ।।
चकैव्यूह रचेर दुष्ट जनले मार्दा नि मुक्तै भए ।
शंका लागिरहे छ आखिर तिरै निस्सा लुकाई दिए ।।

वर्णैवाद छ है जहाँ कहर जातैको हुने निश्चित ।
खेलाची हुन लाग्छ नश्लिय अहंकार प्रथा नज्दिक ।।
पेशा हो त्यो पद उच्च अति चिकित्सा भैदियो नश्लिय ।
बाँकी को छ यहाँ कठै सहजले विश्वास गर्ने रहे ।।

मुक्तै पो गरिए ति जो हुन धरौटीमा र तारीखमा ।
अर्थानेक भयो सनाखत विवादै गर्न काफी यहाँ ।।
हत्याको अति घोर यो प्रकरणैमा योजनाकार ति ।
पापीले छुट पाउँदा नि किन हेर्ने हो क्रुरै भो अति ।।

यो हाम्रो सरकार हेर कसरी हाम्रो हुने हो भन ।
तानाशाह भनेर हेर विगतैको छोडियो शासन ।।
यस्तो छल गर्न हिम्मत कहाँ पायौ नि हे मानव ।
बोल्छौ जे पनि चोट लाउन सधैं होच्याउने आदत ।।

अंगीरा अनि शम्भु सदा पनि जातैको प्रथामा परे।
हत्या गर्दछ है पहिले अनि आफै हो मरेको अरे।।
कात्रो मात्र भयो विकल्प अब लौ सम्मान चाहिन्छ है।
विद्रोही बन बोल बोल बलियो आवाजले बोल है।।

कवि दलित साहित्य सोपान कैलालीका अध्यक्ष हुन ।


१८ असार २०७७, बिहीवार ०३:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु