डडेल्धुराका क्वारेन्टिनमा रहेका महिलालाई अति आवश्यक सामग्री वितरण
डडेल्धुरा,असार १२ । डडेल्धुराका क्वारेन्टिनमा रहेका महिलालाई अति आवश्यक सामग्री वितरण गरिएको छ । अमरगढी नगरपालिका वडा नम्बर १० र ११ का क्वारेन्टिनमा बसेका ८ जनालाई बिहीबार वितरण गरिएको साझेदार सस्था सम्मान-समानता आर्थिक समृद्वि डडेल्धुराका कार्यवाहक अध्यक्ष तिर्थराज भट्टले बताए ।
पर्पल फाउन्डेसन काठमाण्डौ र अगरगढि नगरपालिकाको आर्थिक सहयोगमा सम्मान समानताआर्थिक समृद्वि डडेल्धुराको सयूक्त साझेदारी महिलाहरुलाई अत्ति आवश्यक सामग्री सेनेटरिप्याट,माक्स, सेनिटाईजर, कोलकेट ब्रस, डिटोल साबुन, हर्लेक्स, पतन्जलि चिउरा वितरण गरेको हो । अमरगढी नगरपालिका उपप्रमुख सँगिता भण्डारीको उपस्तिथीमा ८ जना महिलालाइ वितरण गरेको र अब १७ जनालाइ वितरण गरिने कोषाध्क्ष निर्मला जैरुले बताइन् ।
१२ असार २०७७, शुक्रवार ०५:३१ बजे प्रकाशित













