punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

Chaupati
safha napa

धनगढी,असार १२। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर र एक कानुन व्यवसायी घुससहित पक्राउ परेका छन्।गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त कार्यालय प्रमुख महेश पाण्डेयले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा घुस लेनदेन प्रमाणित भएको बताए।

जवरजस्ती करणीसहित दुई वटा मुद्दा मिलाइदिने भन्दै घुस लिएको सूचनाका आधारमा विष्टको फर्ममा छापा मारी ५० हजार घुस रकम सहित उनीहरुलाई पक्राउ गरिएको पाण्डेयले बताए।


१२ असार २०७७, शुक्रवार ०५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु