punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१५ दिनमा निको भएका वडाध्यक्षको अनुभव : कोरोनालाई जित्न गाह्रो छैन

Chaupati
safha napa

कैलाली,असार ७ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जितेका छन । नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जित्न सफल भएका हुन ।

गएको जेठ २४ गते धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो ।कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आईसोलेसनमा बसेका वडाध्यक्ष भट्ट आज घर फर्केका छन ।

कोरोना लाई जित्दै भट्टले मनोबल उच्च राखेमा कोरोनालाई जित्न सकिने दाबी गरे । आफूलाई कोरोना सङ्क्रमण भएको कुनै महसुस भएन उनले भने, “आत्मबल बलियो बनाउँदै कोरोनालाई हराउन सफल भए ।”

उनले कोरोना संक्रमणका बेला मनोबल उच्च राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न सर्तकता अपनाउन समेत आग्रह गरेका छन्।


७ असार २०७७, आइतवार ०७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु