punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टिनमै यौन दुर्ब्यबहार

Chaupati
safha napa

कैलाली, ३२ जेठ । कैलालीको लम्कीचुहा नगरपालिको क्वारेन्टिनमा बस्दै आएका एक महिलामाथि तीन जनाले यौन दुर्ब्यबहार गरेको आरोप लागेको छ।

लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा बस्दै आएकी ३१ वर्षीय महिलामाथि यौन दुर्ब्यबहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।

पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि यौन दुर्ब्यबहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
उनले यौन दुर्ब्यबहार गर्ने ३ जनालाई नियन्त्रणमा लिएको बताए । क्वारेन्टिनमै यौन दुरव्यवहार भएको भएको भन्दै स्थानीयले विरोध प्रदर्शनमा उत्रिएका छन् ।


३२ जेठ २०७७, आइतवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु