punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनमा चोरी गर्ने २० जना कञ्चनपुर प्रहरीको नियन्त्रणमा

Chaupati
safha napa

कञ्चनपुर,जेठ २६ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लकडाउनको समयमा साइकल चोरी गर्ने गिरोहसहित २० जनालाई प्रक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी २० जना चोरसहित चोरीको सामग्री सार्वजानिक गरेको हो। जसमध्ये ४ जनालाइ पुर्पक्षमा जेल चलान गरिएको छ ।

लकडाउनको समयमा जिल्लामा चोरीका घटनाहरु बढ्न थालेको प्रहरीमा जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोर समात्न प्रहरीको विशेष टोली खटाएको थियो ।

चोर समातिएको घटनालाई ठूलो उपलब्धि मान्दै आगामी दिनमा शान्ति सुरक्षामा थप कडाइ गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले बताए।


२६ जेठ २०७७, सोमवार ०२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु