punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गहुँको मुल्य डेढ गुणा बढेको बारे कृषिमन्त्रीको भण्डारीद्धारा ध्यानाकर्षण

Chaupati
safha napa

काठमाडौ ,जेष्ठ २० । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले नेपाल सरकारका कृषि मन्त्री मा. घनश्याम भुषाललाई पत्र लेख्दै आइतबारदेखि भारतमा गहुँको मूल्य डेढ गुणा बढेको जानकारी गराउदै नेपाल सरकार बेखबर रहेको भन्दै लक डाउनमा भोकमरीले मृत्यु भएका ३ नेपाली नागरिक बारेमा चासो दिन ध्यानाकर्षण गरेका छ्न ।

नेपालीहरु जन्मजात किसान रहेको दाबी गर्दै नेता भण्डारी नयाँ बजेटले पेट्रोलियम पदार्थमा गरेको अत्यधिक मुल्यबृद्दीबाट गहुँ आयातको ढुवानी, गोदाम खर्च र कारखानाको खर्च लागत पनि निश्चितरुपमा बढने बारे कृषि मन्त्रीको रणनीतिक तयारी नपुगेकोमा बताउँन् । भण्डारीको तर्क छ धराशायी नेपाली अर्थतन्त्र अनि त्यसमाथि उधोगी ब्यवसायीलाई लक डाउन अवधिको कर्मचारीको तलब र बैंक ब्याज घाटाको क्षतिपूर्ति सरकारले नदिएपछि अब नेपालमा पिठोको रोटि मा २००५ मुल्यबृद्धी हुने स्वभाबिक देखिन्छ । परनिर्भरता र आयातमुखी सरकारको नितिले मारमा परेका नेपाली किसान एकातिर आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाएर रोईरहेको बेला लक डाउन र सरकारी असहयोगले आत्महत्या नजिक पुगेको बताउछ्न् ।

अब विभिन्न मुलुकबाट आयात गरिने खाद्यान्नमा पनि भारी मुल्यबृद्धीले अहिले राहत बाडनेहरु नै भोलीको दिन मा राहत माग्ने लाईनमा बस्न बाद्य्य हुने भण्डारीको दाबी छ ।नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका भण्डारीले ओलि सरकार कै छत्रछायामा नक्कली बीउ र मल बिक्रीवितरण भैरहेको गम्भीर आरोप लगाउदै हिजो पन्चायतकाल देखि बहुदलीय ब्यवस्थामा पनि किसानले अनुदानमा मल, बीउ र उचित समर्थन मुल्य पाएका तर अस्तब्यस्त दुईतिहाईको सरकारले किसानको पेटमा लात हानेको देखेर आश्चर्यचकित र क्रोधित भै मन्त्रीको ध्यानाकषिर्त गर्न पत्र लेखेको बताउँछन ।

बिज्ञ नेता भण्डारी भन्छन- नेपालमा अन्न आपूर्तिकर्ता भारत सहित का देशहरु सलह किराको आतंक र क्षतिबाट जुझिरहेले अब गहुँ बाहेक चामाल, मकै, दाल, तेल, तरकारी, जडिबुटी, मसला र फलफुल मै दोब्बर मुल्यबृद्धीको संभावना बारे नेपाल सरकारको देशभित्र उत्पादन बढाउन बजेटको प्राथमिकता रकम शिर्षक सहित सार्वजनिक गर्न चुनौती दिन्छन् । नेता भण्डारीले नेपालका बुढापाकाले ३०बर्ष अघि सुर्यलाई ढाकेर अद्य्यारो पार्दै सलह किरा आएर बाली खायो भन्छन । अहिले अफ्रिकाबाट सोमालिया, केन्या, तन्जेनिया, साउदीअरब, बङ्गलादेश, पाकिस्तान हुँदै भारतका राजस्थान,गुजरातमा भोकमरीको महासंकट त्यही फौजी किराले पुनस् ल्याउदैछ ।

हेर्दा फट्याङ्रा झै सलह किराले हरियो पात भएको सबै बोट खाने हुँदा सो क्षति असर नेपालमा न्युनिकरण गर्न किटनाशक र अग्नि स्प्रे ल्याउन कृषि मन्त्रालयको तयारी बारे पनि मन्त्रीको स्पष्टीकरण मागेका छ्न ।

यूवा नेता भण्डारीले नयाँ बजेटमा कृषकको कृषिजन्य उत्पादनको उचित मूल्यसहित बजारको जिम्मा र निशुल्क बीमा गर्दै अन्न, फलफुल, तरकारी, जटिबुटी, पुष्पसहित पशुपन्क्षी र दुग्धजन्य ब्यवसायको बैज्ञानिक तालिम, निशुल्क आर्गेनिक मल र बीउ बितरण गरि नेपालको कृषि बजेट प्राबिधिक सहयोग र अनुदान बढी केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । भण्डारीले आर्थिक दुराअवस्था उकास्न बिश्व कै गुणस्तरीय नेपाली गाजा खेती र बिक्रिबितरण खुला गरि औषधि र सबैखाले प्रयोगका अन्तर्राष्ट्रिय कानुन बमोजिम खुला गर्न कृषिमन्त्रीसंग माग समेत गरेका छन् ।


२० जेठ २०७७, मंगलवार ०१:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु