डडेल्धुराको एक क्वारेन्टाइनमा मृत्यु भएका बालकको कोरोना रिर्पोट नेगेटिभ
डडेल्धुरा,जेठ १९ । डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा मृत्यु भएका बालकको रिर्पोट नेगेटिभ आएको छ।आमाबुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ७ वर्षीय बालकको शनिबार राती मृत्यु भएको थियो।
मृत्यु भए लगत्तै उनको कोरोना परिक्षण गर्नका लागी धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थ्रोट स्वाब संकलन गरेको थियो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मृतक बालकको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
बालकको कोरोना रिर्पोट नेगेटिभ आएपछि आईतबार नै शव परिवारलाई बुझाईएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले बताए।बालक यस अघि मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ ।
१९ जेठ २०७७, सोमवार ०५:१२ बजे प्रकाशित































