punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुकुमपश्चिममा घटेको घटनाका दोषीलाई कारबाही गर्न धनगढीमा मैनबत्ती बालेर बिरोध

Chaupati
safha napa

धनगढी , जेठ १७ । गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाप्रति सरकारले देखाएको उदासिन पछि देशै भरिका दलित समुदाय आन्दोलित भएका छ्न । दोषीहरुलाइ कार्वाहीको माग राख्दै हराएको सरकार खोज्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदुर पश्चिम प्रदेश समितिले आज धनगढीमा सांकेतिक रुपमा मैनबत्ती बालेर बिरोध गरेको छ ।

सरकार अध्यारोमा कहाँ छ ? उज्यालोमा यहाँ छ । सरकार आँखा खोल जस्ता स्लोगनहरु लेखेर राष्ट्रिय दलित पत्रकार संघले मैन बत्ती बालेर धनगढीको पार्क चोक बाट पश्चिम रुकुम घटना प्रती सरकारलाइ जवाफदेही हुन ध्यानाकर्षण गरेको छ ।

संबिधानमै उल्लेख गरिएको जातिय छुवाछुत मुक्त राष्ट्रलाई चौरजहारी घटनाले गिज्याइरहेको छ। सामान्य मानविय संवेदना समेत नराखेर गरिएको नरसंहार प्रती सरकार चुप रहनु समग्र दलित समुदायको आत्मसम्मान माथिको प्रहार हो । त्यसैले सरकारले उक्त घटनाको निश्पक्ष छानबिन गरोस र दोषीलाई कडा भन्दा कडा कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना हुन नदिन सरकार सचेत होस कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ सुदुर पश्चिम प्रदेश अध्यक्ष रमा भट्टराई जैरुले भनिन ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज सहित उनका ४ जना साथी मारिएका छ्न भने एक जना अझै बेपत्ता छ्न ।


१७ जेठ २०७७, शनिवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु