अछामको एक क्वारेन्टाइनमा महिलाले बच्चा जन्माइन्
लालबहादुर चदारा
अछाम,जेठ १६ ।
जिल्लाको मेल्लेख गाउपालिका वडा न ३ ठाटिको एक क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएका छन । सोही ठाउँकी २६ बर्षिय सुना नेपालीले बच्चालाई जन्म दिएकी हुन ।
जेठ ११ गते भारतको दिल्लीबाट उनि नेपाल आएकी थिइन् । उनी जेठ १३ गते देखि ठाटिको वडा न ३ को नवदुर्गा आधारभुत बिद्यालय मा बनाएको क्वारेन्टाइन मा बस्दै आएकी थिईन् ।
आज बिहान देखि उनलाई ब्याथा चलेपछि ठाटि स्वास्थ्यका अनमि समझना सिहले क्वारेन्टाइनमा पगेर सुरक्षति रुपामा बच्चा जन्माएको ठाटि स्वस्थ्य चौकि ईनचार्ज नरेन्द्र शाहले जानकारी दिए ।बच्चाको तौल ३५० ग्राम रहेको भने अहिले आमा छोरा को स्वास्थ्य अबस्था समान्य रहेको जनाएको छ ।
१६ जेठ २०७७, शुक्रवार ०६:५५ बजे प्रकाशित































