punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृष्णपुर नगरपालिका १ मा क्वारेन्टाईन व्यवस्थापनमा समस्या

Chaupati
safha napa

धनगढी ,१५ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.१ मा क्वारेन्टाईन व्यवस्थापनमा समस्या देखिएको छ । विश्व माहामारिको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागी देश दुई महिनादेखि देशमा लकडाउन छ ।

नेपालबाट रोजगारीका लागि भारत गएकाहरू अहिले नेपाल आउने क्रम जारी छ । जसका कारण दिनप्रतिदिन नागरिकहरू स्वदेश भित्रन थालेपछि कृष्णपुर नगरपालिका वडा नं.१ मा क्वारेन्टाईन व्यवस्थापनमा समस्या आएको वडाध्यक्ष मोहन बहादुर बस्नेतले बताए ।

भारतबाट फर्किएर क्वारेन्टाईनमा बस्दै आएका स्थानीय पदम बोहराले भने भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्किने क्रम बढेपछि यस वडामा बस्दै आएकाहरूलाई समस्या हुँदै आएको बताए । अहिले सुदूरपश्चिमका दुई नाका गौरीफन्टा र गड्डाचौकी नाका भएर हजारौँको सङ्ख्यामा सुदूरपश्चिम प्रवेश गरेका छन् ।

किट अभावका कारण बिना चेक जाँच गरी स्वदेश आउन दिँदा कोरोनाको त्रास बढेको छ । अहिले कृष्णपुर नगरपालिका वडा नं.१ को क्वारेनटाइन १ सय ४० जना बस्दै आएका छन् ।

यहाँ रहेका विभिन्न विद्यालयको क्वारेनटाइन मानिसहरूको चाप बढेकाले व्यवस्थापन गर्ने समस्या भएको र उनीहरूलाई खान बस्नको समेत व्यवस्थापनमा चुनौती थपिएको वडा अध्यक्ष बस्नेतले बताए ।


१५ जेठ २०७७, बिहीवार ०६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु