punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नोटमा राजाको फोटो बिवादको सट्टा स्मार्ट बजेट ल्याउन प्रधानमन्त्रीसंग भण्डारीको माग

Chaupati
safha napa

काठमाडौ , जेष्ठ १४
पुर्ब राजाको फोटो अङ्कित नोट नलिने उर्दि (पुर्ब सुचना बिना) जारी गर्ने जस्ता विभिन्न एकपछि आर्को बिवादित, उटपट्याङ्ग र उत्ताउलो काममा सरकारि निकाय फस्नुको सट्टामा संबेदनसिल भै नयाँ बजेटमा स्मार्टवर्ल्ड प्रविधि आत्मसात गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलिलाई नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले सुझाव दिएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत प्रमुख प्रतिपक्षी दल को नेताको रूपमा बोधार्थ दिदै नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका युवानेता भण्डारीले प्रधानमन्त्री ओलिलाई स्मार्ट युगमा कागजको नोट, किताबकापी, सरकारी कार्यालयमा झन्झटिलो कागज युग अन्त्य गर्दै क्यास लेस अर्थात कार्ड मार्फत स्मार्ट पे, स्मार्ट बुक, पेपर लेस स्मार्ट अफिस बनाउनेतर्फ प्राबिधिक बजेट छुट्टाएर स्मार्ट गभर्मेन्ट बन्न माग गरेका छन् ।

बहुप्रतिक्षित बजेटमा लामो लक डाउनबाट पीडित जनताहरु र धराशायी नेपाली अर्थतन्त्र उकास्न परम्परागत भाषणको सट्टामा स्मार्ट राहत मनि प्याकेज ल्याउनुपर्ने बताउदै नेता भण्डारीले दुईतिहाईको सरकारले राष्ट्रिय सहमतिमा स्मार्ट बजेट प्याकेज ल्याए पो संघिय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो स्मार्ट_पार्लियमेन्ट मानिने व्यंग्य समेत गरेका छन् ।

नेता भण्डारीले कोरोना संक्रमणबाट जोगिन राज्यले सामाजिक दुरिको स्मार्ट क्राईटएरिया लागु गरेको सन्दर्भमा ९९% स्मार्ट पिपुल्सले नियम पालना गरेको अवस्था देखाए । भण्डारी ले देशमा झण्डै करोड जनता स्मार्ट टिभी, स्मार्ट फोन, स्मार्ट वाच, स्मार्ट एप मार्फत सामाजिक सन्जाल चलाउन अभ्यस्त भएको नेपाल सरकारलाई स्मरण गराउदै हरेक नेपाली नागरिक स्मार्ट होम र स्मार्ट लाईफ बनाउने अधिकार र महत्वाकांक्षा सहित शिक्षा, रोजगारी, ब्यापार ब्यवसायमा देशबिदेशमा जन्मदेखि मृत्युसम्म सकुन्जेल मेहनत गरिरहेको हामीले देखेकोले सबै स्मार्ट भै राजनीतिक दल आर्थिक मुद्दामा एक हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीलाई भण्डारीले स्मरण गराउदै नेपालले स्मार्ट सिटि, स्मार्ट भिलेज भन्दै विभिन्न क्षेत्रमा अर्बौं लगानी गरेको छ ।

अनि बिजुली, खानेपानी, कर, ईन्टरनेट र सबै शुल्क घरबाटै स्मार्ट एपहरु मार्फत तिर्न सरकारले सञ्चार माद्य्यममा सूचना जारी, स्थानीय तहबाटै नयाँ घर/ कार्यालय संरचनाको निर्माण स्मार्ट म्याप/डिजाइन अनि स्मार्ट मेटिरियलले मात्र बन्ने बाद्य्यकारी कानुन छ । पछिल्लो दशकमा स्मार्ट पासपोर्ट आएको र अहिले स्मार्ट लाईसेन्स, स्मार्ट भ्याट-प्यान, स्मार्ट पार्किङ्ग र स्मार्ट सवारी नम्बर प्लेट अनिवार्य भएको उपलब्धि दर्शाउदै सबैतिर स्मार्ट कार, स्मार्ट डिजिटल एजुकेसन, स्मार्टबुक, स्मार्ट स्कुल-कलेज, स्मार्ट टेक्नोलोजी, स्मार्ट हेल्थ ल्याब, स्मार्ट फिटनेश, स्मार्ट रेष्टुरेन्ट देखि स्मार्ट अनलाईन सप नै अगाडि बढेकोले यहि बाटोम बजेट केन्द्रीत गर्न भण्डारीको माग छ ।

नेता भण्डारीले लिखित रूपमा नेपाल सरकार, नेता, कर्मचारी, सुरक्षाकर्मी र न्यायालय पनि स्मार्ट वर्ल्डमा दक्ष नेतृत्व नभए डार्बिनको सिद्धान्तनुसार नयाँ परिस्थितिमा भिज्न नसक्नेहरु डाईनोसोर झै लुप्तलाई तयार हुन चेतावनी समेत दिएका छन् । स्मार्ट शब्द बारे भण्डारीले तर्क गर्दै – स्मार्ट वर्ल्डको चाहना र आवश्यकताको सम्बोधन नभए ओभर स्मार्ट र भ्रष्टदेखि नेतृत्व विरुद्ध परिवर्तनको पक्षमा जनता नयाँ आन्दोलनको कित्तामा उभिन बाद्य्य उभिन सक्ने भनेर जेष्ठ १४ गते बुधबार प्रधानमन्त्रीलाई पत्र मार्फत गराएका छन् ।


१४ जेठ २०७७, बुधवार ०३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु