रुकुमपश्चिमको घटना : मानवताविरुद्धको पराकाष्ठा, दोषीलाई कारवाही गर !

काठमाडौँ,जेठ १४ । रुकुमपश्चिमको घटनाले अहिले सबैलाई दुखि बनाएको छ । दलित युवा र ठकुरी समुदायकी युवतीको प्रेमपछिको घटनाले तीन युवाको ज्यान लिएको छ भने तीन जना युवा बेपत्ता रहेका छन् ।

देशमा विभेद र अन्यायका विरुद्ध लामो लडाईपछि अहिले संघीय गणतन्त्रको अभ्यास भइरहेका बेला यो घटनाले हामीले ल्याएको गणतन्त्र र अहिले अभ्यास गरेको गणतन्त्र बारे नै प्रश्न उठाएको छ र शाषकहरुसँग प्रश्न सोधिरहेको छ, के अझै दलित या गैरदलितको नाममा ज्यान गुमाउनु पर्ने हो ? के राज्य संबिधानमा लेखिएका कुराहरु लागु गर्न असफल छ ? यी सब लेख्नका लागि मात्र लेखिएका हुन्, लागु गर्न सम्भव छैन !

यस घटनामा अहिले कोरोना महामारी र लकडाउनका बेला १८-१९ जनाको समुहमा एक जिल्लाबाट अर्को जिल्लामा ति युवा कसरी पुगे भन्ने प्रश्न पनि उठेको छ, जे जसरी पुगेको भएपनि उनीहरुको ज्यान जाने घटनालाई सामान्य घटनाका रुपमा लिन सकिन्न । घटनाबारे किटानी जाहेरीपछि प्रहरीले ज्यान मुद्धामै छानबिन अगाडी बढाएको बताएको छ । सत्य तथ्य छानबिन हुने आशा गरिन्छ तर आआफ्नो ठाउबाट दबाब र अवाज उठाउन भने छोड्न हुने भने छैन । किनकी निर्मला बलात्कारपछि हत्या भएको दुई बर्ष पुग्न लाग्दा सारा राज्य संयन्त्र नै अहिलेसम्म सत्यतथ्य पत्ता लगाउन फेल भएको छ । यस प्रकरणमा अहिलेसम्म के के भयो बुझ्ने प्रयास गरौँ :

रुकुमपश्चिम घटनाको छानविनका पाँच सदस्यीय छानविन समिति गठन

सरकारले रुकुमपश्चिम घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । प्रतिनिधि सभा र राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिए ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ ।


१४ जेठ २०७७, बुधवार ०१:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु