कर्मचारीमा संक्रमण देखिएपछि डडेल्धुराका चार सरकारी कार्यालय शिल
डडेल्धुरा, ११जेठ। डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेपछि सन्त्रास छाएकाे छ। सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ।
२० जनाको आरडिटी गरिएको र डडेल्धुरा अस्पतालका चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। उनी कार्यरत कार्यालयसँगै उनले आवतजावत गर्ने अन्य चारवटा सरकारी कार्यालहरु सिल गरिएकाे उनले बताए ।
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ। बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ। शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताए।
११ जेठ २०७७, आइतवार ०८:१० बजे प्रकाशित































