सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना पुष्टि भएको छ। संक्रमितत हुनेमा बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ का २७ र २० बर्षीय तथा वडा नम्वर २ का २२ र ३० बर्षीय पुरुष रहेको जनाएको छ ।
शुक्रवार ५ जनामा कोरोना पुष्टि भएकोमा आज थप चार जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। आज थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ।
आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ वर्षीय एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्ट समेत पोजिटिभ आएको हो। उनीहरु सबै जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन । योसंगै प्रदेशभरी संक्रमितको संख्या १४ पुगेको छ।
१० जेठ २०७७, शनिवार ११:१० बजे प्रकाशित






























