punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसको आशंकामा सेती अस्पतालमा चारजना भर्ना

Chaupati
safha napa

धनगढी,जेठ ७ । कोरोना भाइरसको आशंकामा चारजना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन । भर्ना हुनेमा तीनजना धनगढीका हुन् भने एकजना डोटीका रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

उनका अनुसार डोटीका युवकलाई छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। उनको थ्रोट स्वाबको नमूना लिई कोभिड१९ परीक्षणका लागि पठाइएको श्रेष्ठले बताए।

त्यस्तै धनगढीका युवकहरूको भने भोलि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनको भनाइ छ। उनीहरू सबैलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो।


७ जेठ २०७७, बुधवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु