punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वामदेव गौतमलाई नेकपाले प्रतिनिधिसभामा लैजाने

Chaupati
safha napa

काठमाडौं, बैशाख २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अब प्रतिनिधिसभामा जाने भएका छन्।

शनिबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरुसँग बोल्दै यसबारेमा जानकारी दिएका हुन्।

यसअघिको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर उक्त निर्णयलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यान्वयनमा लैजान अस्वीकार गरेका थिए। वामदेवले अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजय भोग्नु परेको थियो।

त्यसयता उनले पटक पटक संसदमा छिर्ने उपाय खोजिरहेका छन्।। वामदेवले प्रतिनिधिसभामा आउन डोल्पा, बाँके, काठमाडौं ७, धनुषा र कास्की २ बाट उपनिर्वाचन लड्ने कोशिश गरेका थिए।

तर उपनिर्वाचनमा उत्रिँदा हार्न सक्ने भन्दै पछि हटेका गौतम अहिले प्रधानमन्त्री ओलीले आफूपछिको प्रधानमन्त्रीकारुपमा प्रस्ताव गरेपछि उत्साहित भएका छन्।

उनी यो पटक कुनै पनि हालतमा उपनिर्वाचनबाट प्रतिनिधिसभामा गएर प्रधानमन्त्री बन्‍ने रणनीतिसहित छलफलमा जुटेका छन्


२० वैशाख २०७७, शनिवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु