punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल आउदै भारतको धार्चुला क्वारेन्टिनमा रहेका नेपाली

Chaupati
safha napa

दार्चुला , १८ बैशाख । महाकालीपारी धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किने सुरु गरेका छन्। करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताएका छन्।

दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरु भएको छ। दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहरू नेपाल प्रवेश गर्न सुरु गरेका छन्। उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश पाउनेछन्।

एक महिना भन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि बिहिबार नेपाल फर्काउन निर्णय भएको थियो।

‘एक हप्ता जति भयो हामी उहाँहरूलाई फर्काउने पहलमा लागेको,’दार्चुलाका सिडिओ यदुनाथ पौडेलले भने,’अनि आज नाका खोल्ने कुरा भयो। अब केही बेरमा खुल्ला।’

क्वारेन्टिनमै दैनिक स्वास्थ्य परीक्षण गरिएपनि सुरक्षाका लागि नेपालमा पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ।

‘उता तीस दिन भन्दा बढी बसिसकेका छन् कुनै रोग देखिएको छैन,’उनले भने,’तैपनि सुरक्षाका लागि पालिका अन्तर्गतको क्वारेन्टिनमा १४ दिन राख्छौं।’

दार्चुलाको नाकाबाट मात्रै करिब एक हजार बढी फर्किदैछन् भने बैतडीको नाकाबाट फर्किनेको संख्या करिब छ-सात सय रहेको छ।

तर, यो संख्या ठ्याक्कै कति छ भन्ने चाँहि सबै जना नेपाल प्रवेश गरेपछि मात्रै एकिन हुनेछ। यसअघि यो संख्या ११ सय भएको भनिए पनि १८ सयसम्म हुनसक्ने अनुमान छ।


१८ वैशाख २०७७, बिहीवार ०४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु