महाकाली नदीमा बगेर गम्भीर घाईते भएकी महिलाको मृत्यु
दार्चुला,बैशाख १५ । आईतबार दार्चुलाको महाकाली नदीमा बगेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको महकाली नगरपालिकाको गल्फईमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक सुरेन्द्र जोशीले ऐतवालको उपचारको क्रममा गएराती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए।
आईतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुगाएको थियो। तर दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको थियो।
१५ वैशाख २०७७, सोमवार ०३:५४ बजे प्रकाशित













