punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लकडाउन कडाई, आजदेखि सबै पसल बन्द हुने

Chaupati
safha napa

धनगढी,चैत २३ ।

धनगढीमा आइतवारदेखि दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द हुने भएका छन्। धनगढी उप–महानगरपालिकाले आइतवारदेखि लागु हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो।

उप–महानगरपालिकामा जारी विज्ञप्तीमा भनिएको छ, ‘आइतवार बिहानै देखि लागु हुने गरि सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारी मित्रहरुमा अनुरोध गर्दछौं।’

यस अवधीमा अतिआवश्यक दैनिक उपभोग्य बस्तुको होम डेलिभरी गरि उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायी लगायतका सबैमा आग्रह पनि गरिएको छ।

यो निर्णयको कार्यान्वयनमा सहयोग पु¥याईदिनहुन स्थानीय प्रशासन र प्रहरीसंग अनुरोध पनि गरिएको छ।उपमहानगरपालिकाले बिहिवारमात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।


२३ चैत २०७६, आइतवार ०१:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु