सुदुरपश्चिममा एकै दिन भेटिए तीन जना कोरोना संक्रमित

काठमाडौँ, २२ चैत । सुदूरपश्चिमको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ ।
स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको छ ।
८ औं केश लम्की कैलालीका पुरुषमा देखिएको छ । २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा रहेका थिए ।

९ औं केश बेदकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी भारतको उत्तराखण्डबाट नेपाल आएका हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

गए राती १२ बजे नै केश पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


२२ चैत २०७६, शनिवार १३:१९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु