कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय

काठमाण्डौ,चैत २३ । सरकारले कैलाली, कञ्‍चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए ।

सरकारले आवागमनमा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको खतिवडाले बताए ।

लकडाउनको समय थप्ने–नथप्नेबारे अर्को बैठकमा निर्णय हुनेसमेत उनले जानकारी दिए ।

बैठकले स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि गरेको छ ।


२३ चैत २०७६, आइतवार ०१:४९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु