कोरोना आशंकित दुई जनाको वीर अस्पतालमा मृत्यु

काठमाडौं : काठमाडौंको वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला र भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष छन् । दुबै जनाको सोमबार मृत्यु भएको हो ।

मृतक महिलालाई निमोनिया र पुरुषलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो ।वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको बताए ।


१७ चैत २०७६, सोमवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु