नवजिनव सहकारीद्धारा पिपिई सहयोग

धनगढी : धनगढीमा रहेको नवजिवन सहकारी संस्था लि.ले कोरोना भाइरस( कोभिड१९) को उपचार र निगरानीमा खटिने ब्यक्तिले प्रयोग गर्नका लागि पिपिई सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई संस्थाका अध्यक्ष चक्रबहादुर सिंह लगायतको टिमले पिपिई उपलब्ध गराएका हुन ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पिपिईको अभाव खट्कीरहेको समयमा नवजिवन सहकारी संस्थाले दिएको सहयोगको निकै महत्व रहेको बताए । पिपिई नपाउदा प्लाष्टीक सिलाएर पनि एम्बुलेन्स चालक र चिकित्सकहरु लगाउन बाध्य छन् नगरप्रमुख वडले भने, यस्तो अवस्थामा सहयोग गरेर नवजिवनले गुन लगाएको छ ।

नवजिवन सहकारीसंस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना भाइरस( कोभिड १९) संगको लडाईबाट पार लाग्नका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु आवश्यक भएको बताए । उनले भने, सबै सहकारी संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग गर्ने प्रसस्त ठाउँ छ ।

त्यसैगरी धनगढीमा रहेको माहाविर मिष्ठान्नले पनि मजदुरका लागि भन्दै नमकिन लगायतका खाद्य सामाग्री उपलब्ध गराएको छ ।


१७ चैत २०७६, सोमवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु