कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्धारा क्वारेन्टाइन स्थापना
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका विभिन्न वडामा क्वारेन्टाइन स्थापना गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई रोकथाम गर्नका लागी नगरपालिकाले तिन ठाउँमा क्वारेन्टाइन स्थापना गरेको हो ।
वैदेशिक रोजगारी गरेर नेपाल आएकाहरूको तंथ्याङक समेत सङ्कलन गरिरहेको नगरपालिकाले जनाएको छ ।
नोबेल कोरोना भाइरसको संकासपद व्यक्तिहरूलाई चेकजाँचमा सहज गराउने उद्देश्यले वडा न. १,२,३ का लागि रेडक्रस वाणी को भवनमा मा स्थापना गरेको भने वडा न. ४,५,६ का लागि कञ्चन बहुमुखी क्याम्पसमा र वडा न. ७,८,९ का लागि विणा मा.बि मा १० १० बेडको क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।
नगरपालिकाले कोरोना नियन्त्रणका लागि ९ वटै वडामा वडा स्तरीय समिति तयार गरेको उनले बताए ।
यस्तै उनका अनुसार सुरक्षा कर्मी,स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेवीका परिचालन गरी जनचेतना दिने कार्यलाई पनि तीव्रता दिएको जनाएको छ ।
कोरोना नियन्त्रणका लागि विपत् व्यवस्थापन कोषबाट १० लाख बजेट विनियोजन समेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
१७ चैत २०७६, सोमवार १६:२७ बजे प्रकाशित