नआत्तिनुस ! खाद्यान्न प्रशस्त छ !
काठमाडौ- सरकारले मुलुकभर दैनिक अत्यावश्यक खाद्यान्न मौज्दात रहेको भन्दै नआत्तिन आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकासहित देशका विभिन्न भागमा स्टक रहेका खाद्यान्नको विवरण सार्वजनिक गर्दै सबैलाई नआत्तिन आश्वस्त पार्न खोजेको छ ।
मन्त्रालयले सरकारी संस्थानहरुबाट आपूर्ति हुने खाद्यान्न मौज्दातको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार मौज्दात रहेका खाद्यान्नको विवरण यस्तो छ ।
चामल तथा धान, फापर, सिमी, चिनी, नुन, एलपी ग्यास तथा पेट्रोलिमय पदार्थ प्रशस्त बाँकी छ भन्ने जानकारी आपूर्ति मन्त्रालयले गराएको छ ।
१६ चैत २०७६, आइतवार ०१:५५ बजे प्रकाशित