कोरोनाले विश्वभर ३० हजार बढीको मृत्यु
कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ ।६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् ।
सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ ।इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् । अमेरिकामा पनि कोरोना संक्रमितको संख्या एकलाख बढी रहेको बीबीसीले जनाएको छ ।
१६ चैत २०७६, आइतवार ०१:५७ बजे प्रकाशित