क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे
काठमाडौं । देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै व्यस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता अस्पताललाई अनुगमन गर्न नभ्याउँदा उनीहरूले बिरामीको उपचार नै गर्न नमानेका हुन् । सरकारले सरकारी, निजी वा सामुदायिक कुनै पनि अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्न नसक्ने भन्न नपाउने बताउँदै आएको छ ।
१६ चैत २०७६, आइतवार ०१:४६ बजे प्रकाशित