प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
एनआईसी एसिया बैंकले २ करोड २१ लाख सहयोग प्रदान गरेको छ । रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख प्रदान गरेको छ ।
निफ्रा बैंकले २ करोड ५० लाख प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । सारस वेवरेज ९रेडबुल०ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । मन्त्रालयका अनुसार यो रकम अर्थमन्त्रीलाई हस्तान्तरण भएको रकम हो ।
११ भदौ २०८३, बिहीवार २०:३१ बजे प्रकाशित













