punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेल्जियमबाट आएकी अर्की युवतीमा पनि देखियो कोरोना

Chaupati
safha napa

नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।

‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’

उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ। यसअघि शुक्रबार दुबईबाट आएका अर्का युवामा कोरोना भाइरस पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


१५ चैत २०७६, शनिवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु