‘वाइडबडी’ पछि ‘न्यारोबडी’मा भ्रष्टाचार, डेढ अर्ब घोटाला
काठमाडौं : नेपाल वायुसेवा निगमलाई पाँच बर्षअघि दुइवटा न्यारोबडी विमान एयरबस ए३२० विक्री गर्ने युरोपियन कम्पनी एयरबसले तत्कालीन खरिद विक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो (करिब ४ करोड २८ लाख रुपैंयाँ) ‘घूस’ दिएको खुलासा गरेको छ ।
फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले गत बुधबारको मिति राखेर सार्वजनिक गरेको अदालती सम्झौतापत्रमा १८ लाख (करिब २० करोड) को प्रतिबद्धता भएको रकममध्ये एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न सरकारी अधिकारीहरुलाई ‘घूस’ वापत भुक्तानी गरेको उल्लेख छ ।
यो रकम सन् २०१४ फेब्रुअरी(२०७० माघ) देखि सन् २०१५ अप्रिल(२०७१ चैत) सम्म पटक पटक भुक्तानी भएको पत्रमा उल्लेख छ ।
२२ माघ २०७६, बुधवार ०१:५३ बजे प्रकाशित