छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ
डडेल्धुरा : डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन । विगत ६ महिनादेखि आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो ।
पटक–पटक जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी मंगलबार आज डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइको बताए ।
२२ माघ २०७६, बुधवार ०१:५७ बजे प्रकाशित