आज आंशिक बदली, भोलि र पर्सी वर्षा हुने सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । माैसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले  देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली  हुने जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज केही स्थानमा आंशिक बदली रहेपनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको हो । भोलि र पर्सी भने सामान्य वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २२ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

माघ २३ गते (बिहीबार)

दिउँसोः देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागका सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागका आंशिक बदली रहने छ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागका आंशिकदेखि सामान्य बदली रहने छ।

देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।


२२ माघ २०७६, बुधवार ०१:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु