राष्ट्रपति भण्डारी आज धनगढीमा आउँदै

धनगढी : राष्ट्रपति विद्या भण्डारी आज धनगढीमा आउँदै छिन् । आजदेखि यहाँदेखी सुरु हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्न राष्ट्रपति भण्डारी धनगढी आउन लागेका हुन ।
उनले १२ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।धनगढीको खुल्ला मञ्चमा सुरु हुने विश्व नेपाली साहित्य महोत्सव र खाना महोत्सव एक सातासम्म जारी रहने छ ।
त्यस्तै राष्ट्रपतिले २ बजे धनगढीमा रहेको शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । १६ गते सम्म सुदूपश्चिमा रहने कार्यक्रम अन्तरगत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम रहेको छ ।
जसअन्तरगत दार्चुला स्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरिक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयबाट सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाइएको सहजीकरण पत्रमा उल्लेख छ ।
१४ फागुन २०७६, बुधवार ०१:४१ बजे प्रकाशित