आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाण्डौँ : आज (बुधबार) मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।

हाल देशका पूर्वी तथा मध्य भू-भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू-भागमा मौसम बदली रहेको विभागले जनाएको छ।

‘हाल देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ,’ विभागले भनेको छ, ‘देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा तथा मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।’ आज राति पनि मौसम त्यही अवस्थामा रहने विभागको अनुमान छ।

आज देशका हिमाली तथा उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

भोलि (बिहीबार) देशभर सामान्यदेखि पूर्ण बदली रहे पनि मौसममा सुधार आउने विभागले जनाएको छ।


१४ फागुन २०७६, बुधवार ०१:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु