कविता (प्रेम डे )

हलो प्रेमीका जी !
हजुर लाई था भयो नि ?
यहाँ प्रेमको नाममा
डे, बाइ, डे मनाइन्छ,
बाचा कसम खुवाइन्छ,
भावनाहरूमा डुबाइन्छ,
आफ्नो पराइ छुट्ट्याइन्छ ,
र आफ्नै ठानेका हरुबाट
मनमा गतिलो चोट पाइन्छ ।।

कतै फेरी !
म पनि यही चक्करमा
एउटा रातो गुलाब बोकेर
रोज डे मनाउन आउँला
हजुरको छेवैमा ,
रोज डे ले, रो ज डे
रो ज भेट गराउन बाध्य गराउला,
भेट्नै पर्ने बाध्यता पनि आउला,
कारण बस ! कहिल्यै
भेटिन कुनै आनाकानी हुँदा
रोज डे रोज पलमा
रुन पनि बाध्य गराउला ।।

अर्को दिन फेरी बजारमा
खोजी खोजी महँगो, मिठो
चकलेट बोकेर आउँला
तिमीलाई मजैले फकाउँला,
आफ्नै हातले चकलेट खुवाउँदै,
चकलेट खुवाउने बहानामा
कुनै दिन लेट हुँदा
फेरी सुरु होला कच कच
चकलेट ले लाएको प्रेम ,थोरै
लेट हुँदा सम्म सक्कीयर जाला ।।

दौडिँदै आएर तिमीलाई
हग गर्ने बहानामा तिम्रो
शरीरका अङ्ग हरूसँग
टासीन पुगौला आनन्दले ,
तिम्रो मौन यौवनलाई
हलचल गाराउदै म
हग डे मनाउन पुगौला
हग डे को नाममा ठग डे
मनाउने म जस्ता को
कमी पनि त छैन बजारमा ।।

चिल्ला मिठा कुरा गरेर
जुनीभर जिउनलाई पनि
सँगै हुनुपर्ने मर्नलाई पनि सँगै
हुनुपर्ने बाचा कसम खाउँला
जब की आवश्यकता नभएको बेला
फोन सम्म उठ्दैन उसको ।
तर आज जुनी नुनी एकसाथ रहने
प्रमीस गरेर प्रमीस डे मनाउँछौ ?
भनेर भनिदिनु हजुरले पनि
यो त सब भन्ने कुरा न हो ।।

अनेक बहानामा
बचाएर राखेको इज्जत
कोमल यौवन र तिम्रा
लालुपाते ओठहरूलाई
त्यो किस डे ले एकाएक
किसमिस चपाएजस्तै
काच कुच चपाएर गयो
फेरी कहिले फर्किन्छौ भनेर
सोध्न नबिर्सिनु नि है ।
किस डे मा किस गरेर
खीस खीस हाँसेर जानेलाई।।

रातो गुलाब ले दिमाग पगाल्यो
मिठो चकलेट ले जिब्रो पगाल्यो
मेरो हग ले हजुरका शरीरका
अङ्ग हरू पगाल्दै, पगाल्दै गयो
मेरा दिमागले बोलेका तिमीले
सत्य ठानेका प्रमीस हरुले,
तिम्रो कोमल मन पगाल्यो
किस डे ले गरेको धमाका ले
तिम्रो ओठबाट सुरु भएको जलन
सारा शरीरमा फिजीयर पगाल्दै गयो ।।

प्रेमीका जी ?
डे बाइ डे हरेक चिज
पगाल्दै जाँदा अन्तमा
के बाकी रह्यो त ?
प्रस्ताव डे ?
त्यही प्रस्ताव जुन आवश्यकता छ
त्यो प्रस्ताव स्वीकार गरेपछि
र पुरा गरेपछि हजुरले
फेरी कहिले फर्किन्छौ ?
भनेर प्रश्न गर्न नबिर्सिनु है मलाइ ।।

यमराज जोशी
धनगढी,कैलाली


२६ माघ २०७६, आइतवार ०२:०० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु