फारवेष्ट कपको उपाधि स्टार सिटीलाई

धनगढी : पाँचौँ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ । शनिवार सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो । स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे ।
विदेशी खेलाडी ओरियलको पासमा विक्रमले गोल गरेका थिए ।

प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगद सहित ट्रफी र मेडल पाएको छ । उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजारमा प्राप्त गरेको छ । माघ १७ गतेदेखि सुरु भएको पाँचौँ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिवार सकिएको छ।

स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए । त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोहित सिंह भए ।
उनीहरूले जनही उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।


२५ माघ २०७६, शनिवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु